नियम ४६
दान, उपहार, चन्दा आदि लिन नहुने
(१) सरकारी काममा कुनै पनि प्रकारको असर पर्न सक्ने गरी कुनै पनि प्रहरी कर्मचारी र निजको परिवारका सदस्यले नेपाल सरकारको पूर्व स्वीकृति बिना स्वदेशी वा विदेशी कसैबाट पनि कुनै प्रकारकोे दान, दातव्य, कोसेली वा उपहार स्वीकार गर्न, चन्दा माग्न वा स्वीकार गर्न, सरकारी कामसग सम्बन्धित व्यक्तिस“ग सापटी लिन वा अन्य कुनै किसिमको आर्थिक सहायता प्राप्त गर्ने कार्यमा संलग्न हुनु हुदैन ।
(२) प्रहरी कर्मचारीलाई कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले नेपाल सरकारलाई सो कुराको सूचना दिई निकासा भए बमोजिम गर्नु पर्नेछ ।
(२) प्रहरी कर्मचारीलाई कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले नेपाल सरकारलाई सो कुराको सूचना दिई निकासा भए बमोजिम गर्नु पर्नेछ ।